ट्रायथोलनमा नेपाललाई स्वर्ण जिताउने सोनीलाई १ लाख पुरस्कार घोषणा

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ट्रायथोलनमा नेपाललाई स्वर्ण जिताउने सोनी गुरुङलाई ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले १ लाख रुपैयाँ व्यक्तिगत पुरस्कार दिने घोषणा गरेका छन्।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा गुरुङले स्वर्ण जितेपछि श्रेष्ठले १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। त्यस्तै गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले पनि सोनीलाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

 

प्रकाशित मिति: : 2019-12-02 14:01:02

प्रतिकृया दिनुहोस्