मण्डेकाजी सम्मिलित नेपाली टिम कराँते काताको फाइनलमा, रजत पक्का

बिएल

नेपाली कराँते पुरुष काता टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) को कराते अन्तर्गत टिम काताको फाइनलमा प्रवेश गरेको छ। एकल कातामा स्वर्ण जितिसकेका मण्डेकाजी श्रेष्ठसहित प्रविण मानन्धर र महसुस तामाङको टोली बंगलादेशलाई हराउँदै अन्तिम दुईमा पुगेको हो।

यस्तै अर्को समूहमा पाकिस्तानले २३.२ अंक ल्याएको थियो भने श्रीलंकाले २३.२२ अंक ल्यायो। नेपाल र श्रीलंकाबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

नेपालले कम्तिमा रजत पक्का गरेको छ।

 

प्रकाशित मिति: : 2019-12-02 13:02:07

प्रतिकृया दिनुहोस्