मेसी चम्किदाँ बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

तस्बिरः एजेन्सी

साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडमाथि १–० गोलको साँघुरो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो।

एट्लेटिकोको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि कप्तान लियोनल मेसीले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो।

जितसँगै बार्सिलोनाले १४ खेलबाट ३१ अंक जोडेको छ। बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।

दोस्रो स्थानको रियलको पनि ३१ अंक छ। तर, गोल अन्तरमा बार्सिलोना अघि रहेको छ। एट्लेटिको २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-02 08:04:24

प्रतिकृया दिनुहोस्