घरेलु मैदानमा एस्टन भिल्लासँग युनाइटेड बराबरीमा रोकियाे

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ।

आइतबार राती भएको खेलमा युनाइटेड घरेलु मैदानमा एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिएको हो। युनाइटेडका लागि भिक्टर लिन्डेलोफले एक गोल गरे भने एक गाृल उपहार पाएको थियो। यस्तै एस्टन भिल्लाका लागि ज्याक ग्रेआलिस र ट्रोने मिङ्सले एक एक गोल गरे।

खेलको ११ औं मिनेटमा ग्रेआलिसले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए। ४२ औं मिनेटमा टम हिटनले आत्मघाती गोल गर्दा युनाइटेड खेलमा फर्किएको थियो।

६४ औं मिनेटमा लिन्डेलोफले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए। तर, ६६ औं मिनेटमा मिङ्सले गोल गर्दै एस्टनलाई २–२ गोलको बराबरीमा ल्याएका थिए।

बराबरीसँगै युनाइटेडले १४ खेलबाट १८ अंक जोडेको छ। युनाइटेड लिगको नवौं स्थानमा रहेको छ। एस्टन १५ अंक जोडेर १५ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-02 07:21:32

प्रतिकृया दिनुहोस्