द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून बनाउँदिन: प्रचण्ड

फाइल तस्बिर: बिएल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा शहीद बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उनले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पारे।

उनले द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको जानकारी दिए।

आफूविरुद्ध नै थुप्रै मुद्धा रहेको भन्दै अध्यक्ष प्रचण्डले सत्य निरुपण र बेपत्ता आयोगले दोषी ठह¥याए आफू पनि कारबाहीको भागीदार बन्ने बताए। दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी रहेको जानकारी दिँदै उहाँले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको बताए।

प्रतिनिधिसभाका सांसद शान्ति पाख्रिनका पति बुद्धिमान पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले निर्ममतापूर्वक हत्या गरेको थियो। शान्ति पाख्रिनले युद्धमा शहिद बनेकाहरुको अपमान हुने गरेको र अवसरवादीहरुले मात्र मौका पाउने गरेको गुनासो गरे।

प्रकाशित मिति: : 2019-12-01 16:02:51

प्रतिकृया दिनुहोस्