खो खो : बंगलादेशमाथि नेपालको शानदार जित

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद  (साग) अन्तर्गत खो खोको पुरुषमा नेपालले विजयी सुरुवात गरेको छ।

आइतबार किर्तिपुरमा भएको खेलमा नेपालले बंगलादेशलाई २१-१९ अंकले पराजित गर्यो ।

पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ जोड्दा दोस्रो टर्नमा बंगलादेशले पनि १२ नै अङ्क जोड्यो।

दोस्रो इनिङको पहिलो टर्नमा ९ अङ्क जोड्दा नेपाल २१-१२ को स्थितिमा पुग्यो।

तेस्रो टर्नमा बंगलादेशलाई १० अङ्कको आवश्यकता रहदा ८ अङ्कमात्रै जोड्दा नेपालले पहिलो जित सुनिश्चित गर्यो।

नेपालको जितमा धन प्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले समान ४-४ अंक जोडे।

जितसँगै नेपालले आफ्नो खातामा ३ अंक जोडेको छ।

नेपालले भोलि (सोमबार) दोस्रो खेलमा भारतको सामना गर्नेछ। आजनै भएको खेलमा भारतले श्रीलंकालाई २१-८ अङ्कले पराजित गर्यो। भारतले दोस्रो इनिङमा एक टर्न मात्रै खेल्दै सहज जित निकाल्यो।

महिलातर्फ आजनै नेपालले बंगलादेशको सामना गर्दैछ।

पाकिस्तान, भुटान र माल्दिभ्स सहभागी नभएको खोखो राउन्ड रोबिनको आधारमा हुनेछ।

प्रकाशित मिति: : 2019-12-01 13:37:35

प्रतिकृया दिनुहोस्