इंग्लिस प्रिमियर लिग: घरेलु मैदानमा चेल्सी पराजित

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित भएको छ।

शनिबार घरेलु मैदानमा भएको खेलमा चेल्सी वेष्ट ह्यामसँग ०–१ गोल अन्तरले पराजित भएको हो।

वेष्ट ह्यामको जितमा एक मात्रै गोल आरोन विलियम क्रसवेलले गरे। उाले खेलको ४८ औं मिनेटमा हानेको गोल नै निर्णयक बन्यो।

जितसँगै वेष्ट ह्यामले १४ खेलबाट ४ जित,४ बराबरी र ६ हारसहित १६ अंक जोडेको छ। वेष्ट ह्याम लिगको १३ औं स्थानमा छ। यता पराजित चेल्सी १४ खेलबाट ८ जित,२ बराबरी र ४ हारबाट २६ अंक जोड्दै लिगको चौथौं स्थानमा झरेको छ।

प्रकाशित मिति: : 2019-11-30 22:35:08

प्रतिकृया दिनुहोस्