पार्किङमा राखेको गाडी अचानक गुडेर दुर्घटना, सह-चालककाे मृत्यु

प्रतिकारत्मक तस्बिर

काठमाडौं महानगरपालिका-९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा राखेको गाडी अचानक गुडेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका-४ घर भएका २५ वर्षीय अभिषेक तामाङ रहेका छन्।

बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा.१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तामाङ बा.१ प १०१५ नम्बरको गाडीका सह-चालक हुन्। गाडीले च्यापिएर गम्भीर घाइते भएका तामाङको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-30 17:46:44

प्रतिकृया दिनुहोस्