काभ्रेबाट म्याग्जिनसहित पेस्तोल बरामद

फाइल तस्बिर: बिएल

काभ्रेबाट प्रहरीले एक थान गोलीसहित पेस्तोल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले काभ्रेको रोशी गाउँपालिकाऔ११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिबाट म्याग्जिन सहितको पेस्तोल र केएफ ७.६५ लेखिएको १ राउण्ड गोली शुक्रबार राति बरामद गरेको हो।

उक्त प्रालिको कार्यालय तथा कामदारहरु बस्न बनाइएको घर टहराभित्र पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा भुइँमा विछ्याइएको डनलपभित्र लुकाइ राखेको अवस्थामा उक्त हतियार बरामद गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-30 15:50:54

प्रतिकृया दिनुहोस्