भारतीय क्लब मुम्बईमा म्यानचेस्टर सिटीको लगानी

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीको मूल कम्पनि सिटी फुटबल ग्रुप (सीफसी) ले भारतीय क्लब मुम्बई सिटी एफसीलाई खरिद गरेको छ।

सीएफसीले मुख्य हिस्सा रहने गरि मुम्बईमा ६५ प्रतिशत लगानी गरेको हो। मुम्बईको थप ३५ प्रतिशत भने बलिउड नायक रनवीर सिंहको नाममा रहनेछ।

सिटी फुटबल ग्रुपका सिईओ फेरान सोरीआनोले आफूहरुले विश्वभर क्लबहरुका शाखा विस्तार गर्ने योजना बनाएको बताए। विश्वभरका क्लबहरुमा शाखा विस्तार गर्ने योजना अनुसार सिटीले भारतको मुम्बई सिटीमा लगानी गरेकाे उनको भनाइ छ।

‘मैले विश्वभर केही १० वर्षभित्र दुई अथवा तीन क्लबहरु विस्तार गर्ने योजना बनाएको छु,’ सिईओ सोरीआनोले भने।

मुम्बाईसँगै विश्वभर सीएफसीले लगानी गरेको क्लब आठ पुगेको छ।

सिटीले यस अघि अमेरिकाको न्यु योर्क सिटी, अष्ट्रेलियाको मेलबर्न सिटी, जापानको योकोहामा,एट्लेटिको टोर्के र जिरोना लगायत क्लबमा लगानी गरिसकेको छ।

प्रकाशित मिति: : 2019-11-30 08:40:26

प्रतिकृया दिनुहोस्