धनगढीमाई नगरापलिकामा प्रेसरकुकर बम फेला

फाइल तस्बिर: बिएल

सिरहाको धनगढीमाई नगरपालिकामा भेटिएको प्रेसरकुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

नगरपालिकाका मेयर हरिनारायण चौधरीको कार्यकक्षको ढोका अगाडि रातो झोलामा पोका पारेर राखिएको अवस्थामा शुक्रवार बिहान बम देखिएको थियो। बम देखिएको खबर लगत्तै चोहर्वास्थित श्री शेर गणबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।

सीसीटिभी क्यामेराको निगरानीका रहेको नगरपालिकाका मेयरकै कार्यकक्षलाई लक्षित गरी बम राखिएको थियो। प्रहरी चौकी नगर कार्यालयभन्दा करिव ३ सय मिटरको दुरीमा रहेको छ।

बम कसले राखेको भन्नै अझै नखुलेको जिल्ला प्रहरी सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-29 11:59:17

प्रतिकृया दिनुहोस्