मलाई लाग्छ मैले अब रिटायर हुनुपर्छ: महानायक अमिताभ

तस्बिरः एजेन्सी

बलिउडमा ५०औँ वर्षसम्म एकछत्र राज गरेका महानायक अमिताभ बच्चनले अब चलचित्र क्षेत्रबाट बाहिरिने बताएका छन्।उमेरले ७७ औँ वर्ष पुगिसकेका अमिताभले आफ्नो ब्लगमा यस क्षेत्रबाट ब्रेक लिने संकेत गरेका छन्।

उनले सन् १०६९ नोबेम्र ७ बाट ‘सात हिन्दुस्तानी’ मार्फत बलिउडमा पाइला टेकेका थिए। उनको गत नोबेम्बर ७ मा बलिउडमा ५० वर्ष पूरा गरेका छन्।

केहि समयदेखि अमिताभ बच्चन बिरामी हुँदै आइरहेका छन्। फोक्सोमा आएको समस्याको कारण उनले धेरै पटक ‘कौन बनेगा करोडपति’ को शुटिङ नै रोकिएको थियो। त्यस्तै, उनको नयाँ फिल्म ‘ब्रह्मास्त्र’ को शुटिङको क्रममा समेत उनी बिरामी परेका थिए।

उनी पछिल्लो समयमा शुटिङको दौरान होस् वा अन्य कार्यक्रमको समयमा होस् स्वास्थ्य समस्यासँग जुधिरहेका हुन्छन्।

उनले लेखेका छन्, ‘ मलाई लाग्छ मैले अब रिटायर हुनुपर्छ। दिमागले अर्कै सोच्छ अनि औंलाहरु अर्कै यो संकेत हो।’

उनले सन् १९८४ देखि १९८७ सम्म तीन वर्ष फिल्मबाट बाहिर रहेर काम गरेका थिए। फेरि सन् १९८८ मा फिल्म ‘शहंशाह’ मार्फत चलचित्र क्षेत्रमा उनी फर्किए।

यसैगरी, सन् १९९२ मा ‘खुदागवाह’ को रिलीजपछि उनले फेरि पाँच वर्षको ‘रिटायर लाइफ’ बिताएका थिए।

पछिल्लो समय उनी व्यस्त रहेका शोहरुमध्ये ‘कौन बनेगा करोडपति –११’ को शुटिङ सकाएका छन्। उनी पुनः ‘ब्रम्हस्त्र’ को शुटिङमा व्यस्त छन्।

प्रकाशित मिति: : 2019-11-29 11:19:02

प्रतिकृया दिनुहोस्