देश विकास र समृद्धिको आधार शिक्षा हो । उच्च शिक्षाको अध्ययन अनुसन्धान गर्ने १२ वटा विश्वविद्यालय छन् । तर, अधिकांश विश्वविद्यालय अस्तव्यस्त छन् ।
विश्वविद्यालयमा अध्ययन अनुसन्धान त परको कुरा समयमा नियमित परीक्षा र रिजल्टसमेत सार्वजनिक भएको छैन ।