‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निस्कासन

फाइल तस्बिर: बिएल

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए ।

अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ।

नेपालका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ।

 

प्रकाशित मिति: : 2019-11-28 11:04:23

प्रतिकृया दिनुहोस्