‘विप्लव’ समूहका स्याङजा जिल्ला सदस्य पक्राउ

प्रतिकारत्मक तस्बिर

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक जना स्याङजा जिल्ला सदस्यलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङजा जिल्ला भिरकोट नगरपालिका–१ का सदस्य सागर अर्याल रहेका छन्।

अर्याललाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गोरखा नगरपालिकाको मझुवाबाट पक्राउ परेका उनीविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी मित्रवन्धु शर्माले बताए । हाल प्रहरी हिरासतमा विप्लवका पाँच जना कार्यकर्ता रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-26 18:25:21

प्रतिकृया दिनुहोस्