काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षले केही दिनअघि आलङ्कारिक अध्यक्षको भूमिकाबाट कार्यकारीमा बढोत्तरी भएको खुसी साटेका थिए ।
कान्तिपुर दैनिकसँग लामो कुराकानी गर्दै उनले पार्टी एकताको १७ महिने यात्रापछि पहिलोपल्ट कार्यकारी अध्यक्षको अनुभूति गरेको र अध्यक्ष ओलीमा निहीत तजबिजी अधिकार आफूमा आएको भन्दै लामो स्वास फेरेका थिए ।