‘च च हुई’ चलचित्रकाे कमजोर व्यापार

फाइल तस्बिर

अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर अभिनित चलचित्र ‘च च हुई’ हलमा प्रदर्शनरत छ। साम्तेन भुटिया निर्देशित तथा अमृत घोले लामा निर्मित चलचित्र गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो।

चलचित्रले शुरुवाती दिनदेखि नै कमजोर व्यापार गरेको। यद्यपी शुक्रबार र शनिबारको बिहानी शोमा दर्शकको संख्या कम भएपनि दिउँसोको शोबाट भने चलचित्रले गति लिएको छ। आईतबार पनि हलमा दर्शकको उपस्थिति राम्रै रहेको निमार्ण पक्षले जनाएको छ।

चलचित्रले तीन दिनमा उपत्यकाभित्र ३२ लाख ग्रस कलेक्सन गरेको छ।

हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा पुस्तकले ल्याउने उतारचढावलाई रमाईलो तरिकाले चित्रण गरिएको चलचित्रमा आर्यन र मिरुनाका साथमा भोलाराज सापकोटा शीर्ष भूमिकामा छन्।

आर्यन र भोलाराज धेरै वर्षपछि हङकङबाट नेपाल फर्किएका युवकको भूमिकामा प्रस्तुत चलचित्रमा मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन्।

प्रकाशित मिति: : 2019-11-26 08:21:45

प्रतिकृया दिनुहोस्