इंग्लिस प्रिमियर लिग: एस्टन भिल्लाको लगातार तीन हारको यात्रामा पुर्णविराम

Photo Credit : GETTY IMAGES

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित हात पारेको छ। एस्टन क्लबको लगातार तीन हारको यात्रामा पुर्णविराम लागेको छ।

आइतबार राति भएको खेलमा एस्टन एस्टनले न्युक्यासललाई २–० ले हराउदै हारको यात्रामा पुर्णविराम लगाएकाे हो।

घरेलु टोली एस्टनको जितमा कोनोर होहरिन र नवर एल गाजीले समान एक एक गोल गरे। एस्टनका लागि दुवै गोल पहिलो हाफमै भएको थियाे।

३२ औ मिनेटमा होहरिनले फ्रिकिक मार्फत एस्टनलाई सुरुवाती अग्रता दिलाए।

त्यसको चार मिनेटपछि गाजीले एस्टनको अग्रता दोब्बर पारेका थिए।

जितसँगै रेलिगेशन जोन भन्दा दुई स्थान माथि रहेको एस्टन भिल्लाले १३ खेलबाट १४ अंक जोडेको छ।

न्युक्यासल १५ अंक सहित १४ औं स्थानमा छ।

प्रकाशित मिति: : 2019-11-26 06:47:17

प्रतिकृया दिनुहोस्