सिंहदरवारमा सरकारको समिक्षा बैठक सुरु

फाइल तस्बिर

नेपाल सरकारका विभिन्न मन्त्रालयको दोस्रो चौमासिक समिक्षा बैठक सुरु भएको छ। समिक्षा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा सुरु भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार त्यसका लागि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई सिंहदरवारमा बोलाएका छन्।

बैठकमा मन्त्री तथा सचिवहरुले आ–आफ्नो मन्त्रालयमा चार महिनामा गरेका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनेछन्।

प्रकाशित मिति: : 2019-11-25 17:26:28

प्रतिकृया दिनुहोस्