थुनामा राखिएका दुई बालक सुधारगृहबाटै फरार

प्रतिकात्मक तस्बिर

पुर्पक्षका लागि थुनामा राखिएका दुई बालक सोमबार बिहान विराटनगर महानगरपालिका ४ मा रहेको बालसुधार गृहबाट फरार भएका छन्।

गृहको तेस्रो तलाको झ्यालको ग्रील भत्काएर उनीहरु भागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए। उनकाअनुसार बिहान करिब ५बजेतिर झ्यालको स्कुप खोल्दै ग्रील निकालेर दुवैजना तीन तलामाथिबाट हाम फालेर भागेको हुनसक्ने अनुमान गरिएको छ।

दुईमध्ये एकजना मोरङ सुन्दरहरैंचा नगरपालिका ७ का १७ वर्षीय बालक जबरजस्ती करणी मुद्धामा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका हुन् । अर्का झापा गौरादह नगरपालिका १ का १६ वर्षीय बालक ज्यान मार्ने उद्योग मुद्दामा अदालतकै आदेशबाट पुर्पक्षमै थिए।

गृहको सुरक्षाका लागि असइ (प्रहरी सहायक निरीक्षक) टीका राईले थुनामा रहेका बालक कसरी फरार भए भन्ने बारेमा अनुसन्धान भइरहेको र कोही कसैको लापरबाहीले घटना भएको पाइएमा कारबाही गरिने जानकारी दिए ।फरार रहेका बालकको खोजी भइरहेको छ।

उनले पछाडिबाट हामफालेर कम्पाउण्ड नाघेका कारण गृहमा २४ घण्टा नै सुरक्षामा खटिने प्रहरीले पनि घटनाका बारेमा थाहा पाउन नसकेको बताए। चौहानले निकै अग्लो ठाउँबाट हाम फालेका कारण उनीहरुलाई कुनै चोटपटक लागेको हुन सक्ने जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-25 17:07:51

प्रतिकृया दिनुहोस्