कुनै पनि मुलुकको राजनीति र राष्ट्रियताबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ ।
राजनीति राज्य सञ्चालन गर्ने मूल नीति भएकाले यो केवल समाजका विभिन्न वर्ग, तह–तप्का र सामाजिक सङ्घ–संस्थाहरूबीचका सम्बन्ध र तत्सम्बन्धी क्रियाकलापसँग मात्रै सम्बन्धित नभएर विभिन्न राष्ट्र एवम् देशहरूबीचका सम्बन्धसँग समेत सम्बन्धित हुन्छ । त्यसैले हरेक मुलुकको राजनीति त्यहाँको राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको हुन्छ ।