प्रधानमन्त्री निवास अगाडी निर्माण व्यवसायीकाे धर्ना

बिएल

‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ।

महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिएको हो।

हातमा कालोपट्टि बाँधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिन धर्नामा समेत बस्नु परेको बताएका छन्।

महासंघले नियमावली संशोधन नभए दोस्रो चरण अन्तर्गत माइतीघर मण्डलामा कालोझण्डासहित प्रदर्शन गर्ने, आयोजनाको इजाजतपत्र सरकारलाई बुझाउने, ठुला इक्युप्मेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिस्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्णरुपमा ठप्प पार्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति: : 2019-11-25 15:10:15

प्रतिकृया दिनुहोस्