साग टिकट मूल्य: फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपीतर्फ हजार रुपैयाँ

सांकेतिक तस्बिर

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य निर्धारण गरेको छ।

राखेपले फुटबलसहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट निर्धारण गरेको हो।

सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ। क्रिकेटको टिकट मूल्य २ सयदेखि ५ सयसम्म पर्नेछ।

यस्तै, भलिबल र बास्केटबलको टिकट मूल्य ५ सय राखिएको छ।

समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मूल्य राख्ने तयारी गरिएको राखेपले जनाएको छ।

राखेपले यसअघिनै प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी नक्षत्र न्युजलाई बेचिसकेको छ।

प्रतियोगिताका अधिकांश खेल नेपाल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाईनेछ।

प्रकाशित मिति: : 2019-11-25 13:39:25

प्रतिकृया दिनुहोस्