१३ औं साग: पुरुष फुटबलमा भारतले भाग नलिने

फाइल तस्बिर

भारतले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भाग नलिने निर्णय गरेको छ।

भारतले नेपाल आलम्पिक कमिटि मार्फत समूह विभाजन र खेल तालिका सार्वजनिक भइसकेपछि आइतबार भाग नलिने जानकारी गराएको हो। यसअघि शुक्रबार मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागका लागि पुरुष र महिला दुवै टोलीको खेल तालिका सार्वजनिक गरेको थियो।

यसअघि पुरुषतर्फ पाकिस्तान बाहेक ६ टोलीको समूह विभाजन र खेल तालिका निकालिएको थियो। भारत नखेल्ने भएपछि अब पाँच टोलीबीच राउन्ड रोविनको आधारमा खेल खेलाईने एन्फाले जनाएको छ।

विमल,अन्जन र दिनेश सागको टिमबाट पनि फालिए, यस्ता‍े हुँदैछ कारबाही

शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपाल प्रतियोगिताको साबिक विजेता र भारत उपविजेता टोली हुन्। तीन वर्ष अघि भारतमा सम्पन्न १२ औं सागको फाइनलमा नेपालले भारतीय टोलीलाई २-१ गोलले हराउँदै फुटबलको उपाधि चुमेको थियो।

घोषित खेलतालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। उक्त समूहमा नेपालसँगै बंगलादेश र भुटान परेका छन्।

यसैगरी समूह ‘बी’ मा श्रीलंका र माल्दिभ्स परेका छन्।

यसैगरी १३औं सागको महिला फुटबलमा चार देशले मात्र भाग लिने भएका छन् । महिला फुटबलमा नेपाल सहित, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन । महिला फुटबल पोखरामा हुनेछ।

प्रकाशित मिति: : 2019-11-25 11:39:38

प्रतिकृया दिनुहोस्