बार्सिलोनाका पूर्वमिडफिल्डर मास्चेरानो स्टुडेआन्टे डेला प्लाटामा आवद्ध

तस्बिरः एजेन्सी

बार्सिलोना तथा लिभरपुलका पूर्वमिडफिल्डर जाभियर मास्चेरानो अर्जेन्टिनी क्लब स्टुडेआन्टे डेला प्लाटामा आवद्ध हुने भएका छन्।

उनी १०१८ जनवरीमा चिनियाँ क्लब हाबेई चाइना फच्र्यून गएका थिए। उनको सम्झौता ३१ डिसेम्बरमा सकिनेछ।

बेइजिङमा उनीसँग सहमति भएको प्लाटाले बताएको छ।

२००६ मा दक्षिण अमेरिका छाडेका उनी वेष्टहाम गए। त्यसको पाँच महिनामा नै लिभरपुल पुगे। २०१० मा बार्सिलोना गएका उनले क्लबमा रहँदा १८ उपाधि जिते।

प्रकाशित मिति: : 2019-11-24 15:58:50

प्रतिकृया दिनुहोस्