बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवा पक्राउ

फाइल तस्बिर

कपिलवस्तु प्रहरीले बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवालाई पक्राउ गरेको छ।

२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपालिलका–१ पकडीको सिसौबारीमा स्थानीय एक युवतीमाथि सामूहिक बलात्कार गरेको थियो।

प्रहरीका अनुसार बलात्कार गर्ने युवाहरुले नै उक्त भिडियो सामाजिक सञ्जालमा राखेका थिए। सोही घटनाका मुख्य अभियुक्त मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यसअघि नै पक्राउ परेका थिए।

बाँकी तीन जना फरार रहेकोमा मुख्य अभियुक्त पक्राउ परेको डीएसपी मल्लले बताए।

प्रकाशित मिति: : 2019-11-24 14:29:29

प्रतिकृया दिनुहोस्