जागिर लगाइदिने बहानामा बलात्कारकाे प्रयास, दुई महिलासहित ३ जना पक्राउ

फाइल तस्बिर

प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोहितप्रसाद ढुंगाना,निर्मला शर्मा र मिना रिमाल छन्।

ललितपुर प्रहरी परिसर, जावलाखेलले जागिर लगाइदिने बहानामा फकाएर ढुंगानासम्म पुर्‍याइदिएको आरोपमा दुई महिला पनि पक्राउ गरेको हो।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार ५ मंसिरमा पीडितलाई अन्तरवार्ताका लागि बोलाएर डेरामा लग्ने बहानामा गोदावरीसम्म लगेर रिसोर्टमा बलात्कार गर्न खोजेको थियो।

पीडितको जोहरी प्राप्त भएपछि पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए।

 

प्रकाशित मिति: : 2019-11-24 12:50:07

प्रतिकृया दिनुहोस्