सिरहाबाट लागुऔषधसहित दुई युवक पक्राउ

फाइल तस्बिर

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गएराति दुई युवकलाई पक्राउ गरेको छ।

प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनिया निवासी २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज यादवलाई पक्राउ गरेको हो।

भारतीय बजारतर्फबाट स१०प ६१९ नंको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई जाँच गर्दा लागुऔषध नोफिन १० एम्पुल, डाइजिल्याप १० एम्पुल, प्रोमेथाजिन १० एम्पुल बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-24 11:13:30

प्रतिकृया दिनुहोस्