सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

फाइल तस्बिर

१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन्।

नेपालमा तेस्रो पटक आयोजना हुन लागेको साग मंसिर १५ गतेबाट काठमाडौं, पोखरा र जनकपुरमा हुदैछ।

काठमाडौंको दशरथ रंगशालामा मंसिर १५ गते एक भब्य कार्यक्रमकाबीच सागको राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने राष्ट्रिय खेलकूद परिषद् (राखेपा)ले जनाएको छ।

यसअघि राष्ट्रप्रमुखबाट सागको उद्घाटन हुदै आएको थियो।

नेपालमा यसअघि सन् १९८४ र १९९९ मा साग आयोजना भएको थियो। दुवै संस्करणलाई तत्कालिन राजा बिरेन्द्र विर बिक्रम शाहले उद्घाटन गरेका थिए।

यस्तै, सागको उद्घाटन अघि सरकार प्रमुख प्रधानमन्त्री केपी ओलीले बिशेष सम्बोधन गर्ने तय भएको छ।

प्रधानमन्त्री ओलीले आगामी मंगलबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: : 2019-11-24 11:04:38

प्रतिकृया दिनुहोस्