चर्चित अभिनेत्री शबाना आजमीको आमाको निधन

तस्बिरः एजेन्सी

चर्चित अभिनेत्री शबाना आजमीको आमा शौकत आजमीको मुम्बईमा निधन भएको छ।

स्वास्थ स्थिति बिग्रिएपछि शौकतलाई अस्पताल भर्ना गरिएको थियो। मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालको आईसीयूमा केही दिन रहेपछि उनको शनिबार राति ९३ वर्षको उमेरमा निधन भएको हो।

उर्दूका चर्चित शायर तथा फिल्मी गितकार कैफी आजमी उनका श्रीमान थिए।

कैफीको मृत्युपछि उनले ‘कैफी ओर मैं (कैफी र म)’ आत्मकथा लेखेकी थिइन्।

शौकत आजमीले रंगमंच र फिल्ममा अभिनय गरेकी थिइन्। उनले कयैन फिल्ममा निभाएको भूमिकाको प्रशंसा भएको छ। त्यसमा अमराव जान र सलमान बम्बेजस्ता फिल्म पनि समावेश छ।

प्रकाशित मिति: : 2019-11-24 08:23:17

प्रतिकृया दिनुहोस्