प्रिमियर लिग: सिटीसँग चेल्सी पराजित

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ।

शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र रियाद महरेजले एक एक गोल गरे ।यता चेल्सीका लागि एक मात्रै गोल एनुगोलो कान्टेले गरे।

२१ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर,२९ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई खेलमा फर्काए।

३७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए।

जितसँगै सिटीले १३ खेलबाट २८ अंक जोडेको छ। सिटी लिगको तेस्रो स्थानमा रहेको छ।

१३ खेलमा २६ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-24 07:22:38

प्रतिकृया दिनुहोस्