बुन्डेस लिगा: वायर्नकाे फराकिलो जित, कौटिन्होले पनि गरे गाेल

तस्बिरः एजेन्सी

जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा वायर्नले फोर्टुना डुसेलड्रोफलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

फोर्टुनाको मैदानमा वायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्ड, कोर्टिन टोलिस्सो, सेर्गी गेनब्री र फिलिपे कौटिन्होले एक एक गोल गरे।

खेलको ११ औं मिनेटमा नै पाभर्डले वायर्नलाई अग्रता दिलाएका थिए। यस्तै २७ औं मिनेटमा वायर्नले अग्रता दोब्बर बनायो। वायर्नका लागि टोलिस्सोले गोल गरे।

खेलको ३४ औं मिनेटमा गेनब्रीले फोर्टुनाविरुद्ध अग्रता ३–० बनाए। पहिलो हाफ ३–० को अग्रता बनाएको वार्यनले दोस्रो हाफमा थप एक गोल गर्यो।

दोस्रो हाफको ७० औं मिनेटमा कौटिन्होले थप एक गोल गर्दै ४–० को जित दिलाए।

जितसँगै वायर्नले १२ खेलबाट २४ अंक जोडेको छ। र, वायर्न लिगको दोस्रो स्थानमा रहेको छ ।

फोर्टुना ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-23 22:34:10

प्रतिकृया दिनुहोस्