नयाँ प्रशिक्षकको आगमनसँगै टोटेनहमको शानदार जित

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिगमा टोटेनहमले शानदार जित हात पारेको छ।

शनिबार भएको खेलमा टोटेनहमले वेष्ट ह्यामविरुद्ध ३–२ गोल अन्तरको जित हात पारेको हो। टोटेनहमका लागि हिउङ मिन सन, लुकास मौरा र ह्यारी केनले एक एक गोल गरे। यता वेष्ट ह्यामका लागिवेष्ट ह्यामका मिचिल एन्टोनियो र एन्गेलो ओग्बोनाले एक एक गाेल गरे।

नयाँ प्रशिक्षक जोसे मोरिन्होको साथ पाएको टोटेनहमले खेलको ३६ औं मिनेटमा नै अग्रता लिएको थियो। उसले सनको गोल मार्फता अग्रता दिएको हो।

यस्तै खेलको ४३ औं मिनेटमा टोटेनहमले अग्रता दोब्बर बनायो। टोटेनहमले लुकासको गोल मार्फत अग्रता दोब्बर बनाएको हो।

पहिलो हाफ २–० को अग्रता बनाएको टोटेनहमले दोस्रो हाफमा १ गोल खायो भने १ गोल थप गर्यो।

टोटेनहमले ४९ औं मिनेटमा केनको गोल मार्फत अग्रता ३–० बनायो।

यस्तै खेलको ७३ औं मिनेटमा वेष्ट ह्यामका लागि एन्टिनियोले गोल फर्काए । उनको गोल मार्फत वेष्ट ह्यामले गोल अन्तर ३–१ बनायो। यस्तै ९० औं मिनेटमा ओग्बोनाले गोल गर्दै गोल अन्तर ३–२ मा झारेपनि  वेष्ट ह्यामले खले जित्न सकेन।

जितसँगै टोटेनहमले १३ खेलबाट १७ अंक जोडेको छ। टोटेनहम लिगको छैटौं स्थानमा उक्लिएको छ। यता पराजित वेष्ट ह्याम भने समान खेलबाट १३ अंकको साथ १६ औं स्थानमा यथावत छ।

प्रकाशित मिति: : 2019-11-23 20:06:39

प्रतिकृया दिनुहोस्