'उपभोक्ता हित विपरित काम नगर्नू'

फाइल तस्बिर

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्ता हित विपरित काम नगर्न आग्रह गरेका छन्।

शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक सुवेदीले उपभोक्ताको हितमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। विभागको महानिर्देशक बनेर आएपछिको पहिलो पत्रकार सम्मेलनमा सुवेदीले उपभोक्ता हित विपरित कसैले काम नगर्न आग्रह गर्दै कालोबजारी नियन्त्रण गरिने बताए।

उनले सरोकारवाला सबै निकायका पदाधिकारीहरूसँग छलफलका क्रममा बोल्दै सय प्रतिशत काम गर्ने लक्ष्यकासाथ उपभोक्ताको हितमा लाग्न निर्देशन समेत दिए। उनले विभागको नियम, निर्देशन र क्षेत्रभन्दा बाहिर गएर कसैले काम गरेको भेटिएमा कानून बमोजिम कडा कारबाही हुने भन्दै उपभोक्ताको हित विपरित व्यवसाय सञ्चालन गरेमा कानूनले कसैलाई माफि नदिने चेतावनी समेत दिए।

कार्यक्रममा उपभोक्ता हित संरक्षण समितका पदाधिकारीहरूले विभागलाई प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव दिएका छन्। हरेक प्रकारका उपभोग्य वस्तुहरूको अनुगमन तथा निरिक्षण गर्ने व्यक्ति योग्य राख्नुपर्ने, उजुरी गुनासोको व्यवस्था गर्नुपर्ने, सचेतना तालिमको व्यवस्था, कानूनलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने कालाको बजारीलाई कडा कारबाही गर्नुपर्ने सरोकारवालहरूको माग छ।

प्रकाशित मिति: : 2019-11-22 22:47:32

प्रतिकृया दिनुहोस्