पाहुना टिम बंगलादेशविरुद्ध भारतको अग्रता

तस्बिरः एजेन्सी

पाहुना टिम बंगलादेशविरुद्धको दोस्रो टेष्ट क्रिकेटको पहिलो दिन भारतले ६८ रनको अग्रता बनाएको छ।

कोलकातामा बंगलादेशलाई सस्तैमा समेटेर पहिलो इनिङ्स थालेको भारतले शुक्रबारको खेल सकिदा ३ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ।

भारतका लागि कप्तान विराट कोहलीले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दै अविजित रहेका छन्। यस्तै अजिन्का रहाने २३ रन बनाएर साथ दिइरहेका छन्।

यसअघि भारतका चेतेश्वर पुजारा ५५, रोहित शर्मा २१ र मायांक अग्रवाल १४ रनमा आउट भए।

बंगलादेशका इबाडट हुसेनले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश १ सय ६ रनमा अलआउट भएको थियो।

बंगलादेशका लागि शादमन इस्लामले २९ रन बनाए। यस्तै रिटायर्ट हर्ट भएका लिटोन दासले २४ तथा नायम हसनले १९ रन जोडे।

भारतका इशान्त शर्माले ५ विकेट लिए। उमेश यादवले ३ तथा मोहमद शामीले २ विकेट लिए।

प्रकाशित मिति: : 2019-11-22 22:14:34

प्रतिकृया दिनुहोस्