जनवरी १ मा ५० औं हजार मानिस उतारेर नेपाल भ्रमण वर्षको शुभारम्भ गर्छु: मन्त्री भट्टराई

फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार मानिस उतार्ने घोषणा गरेका छन्। आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार मानिस उतारेर नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने उनले घोषणा गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको बताए।

नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर नेपाल भ्रमण वर्षको शुभारम्भ गर्न करिव ४० देशका पर्यटन मन्त्रीहरुलाई निमन्त्रणा गरिएको पनि उनले स्पष्ट पारे।

मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको बताए। सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई उनले आह्वान गरे।

प्रकाशित मिति: : 2019-11-22 18:19:15

प्रतिकृया दिनुहोस्