देउवाकाे प्रश्न: ओलीलाई राष्ट्रवादी भनेको हैन? कहाँ गयो उनको राष्ट्रवाद?

बिएल

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसार परेको बताएका छन्।

नेपाल डेमोक्र्याटिकस् लयर्स एशोसिएसनको साधारणसभामा ‘ओलीलाई राष्ट्रवादी भनेको हैन? कहाँ गयो उनको राष्ट्रवाद,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा गइसक्यो। ओली लम्पसारवादमा गइसके, कहाँ ओली राष्ट्रवादी हुन् ।’

सभापति देउवाको प्रधानमन्त्री ओलीले राष्ट्रवादको खोल मात्रै ओढेको आरोप छ। त्यस्तै देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संसदबाट पारित हुन नदिने बताए। सहमति र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत अध्यादेश ल्याउन खोजिएको भन्दै देउवाले सरकारले जवरजस्ती गरे सडकमासमेत जाने जनाए ।

सहमतिको बाटो बन्द गरेर सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन ल्याउन लागेको भन्दै उनले आक्रोश व्यक्त गरे।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ पठाइएको भन्दै यो चिन्ताको विषय रहेको बताए। संविधान र राज्य व्यवस्थामा क्याविनेट भन्दा पनि माथिको संस्था परिषद् रहेकोमा प्रधानमन्त्रीले खल्तीमा हाल्न खोजेको आरोप उनले लगााए।

कांग्रेस महामन्त्री सशांक कोइरालाले सरकारलले कुनकुन क्षेत्र र अंगमा हस्तक्षेप गर्‍यो, कहाँ हस्तक्षेपको संभावना छ भन्ने विषयमा कानुन व्यवसायीले आवाज बुलन्द गर्नुपर्ने बताए।

प्रकाशित मिति: : 2019-11-22 15:32:43

प्रतिकृया दिनुहोस्