चीन विरोधी गतिविधि रोक्न जनपरिचालन गर्छु: मन्त्री नेम्वाङ

फाइल तस्बिर

नेपाली कम्युनिस्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा सी चिनफिङ विचारधारा विषयमा अन्तक्रिया आयोजना गरिएको छ।

शुक्रबार नेपाल–चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको आयोजनामा सो विचारधारासम्बन्धी कार्यक्रम गरिएको हो। नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछिको पहिलो कार्यक्रम हो।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सी चिनफिङ विचारधाराले दुई देशबीचको धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले समाज एक चीन नीतिको पक्षमा उभिँदै नेपाली भूमि चीन विरोधी गतिविधि रोक्न जनपरिचालन गर्ने अभियानमा अगाडि बढेको बताए।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले कार्यक्रमले एकअर्काका विचार, सिद्धान्त र प्रयोगहरुलाई बुझ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरे। उनले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक जग र फरक–फरक आर्थिक, सामाजिक र भौगोलिक आधारमा केही भिन्नता भए पनि दुवै देशको गन्तव्य दुई राष्ट्रको समृद्धि नै भएको दाबी गरे।

कार्यक्रममा चिनियाँ ओयु लिमिङले आर्थिक समृद्धिका लागि निन्तरता चाहिन्छ भन्ने कुरा चीनका राष्ट्रपति सी चिनफिङ विचारधाराबाट सिक्न सकिने दाबी गरे।

प्रकाशित मिति: : 2019-11-22 15:21:36

प्रतिकृया दिनुहोस्