साग महिला फुटबल: चार राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने, नेपालकाे पहिलो खेल श्रीलंकासँग

फाइल तस्बिर

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा चार राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने भएको छ।

महिला फुटबलमा पाकिस्तान, भुटान र बंगलादेशले सहभागिता नजनाउने भएको छ। अन्तिम समयमा आएर पाकिस्तान, भुटान र बंगलादेशले नखेल्ने बताएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सार्वजनीक तालिका अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ।

नेपालको पहिलो खेल डिसेम्बर ३ मा हुनेछ।यस्तै डिसेम्बर ५ मा माल्दिभ्ससंग खेल्नेछ। डिसेम्बर ७ मा भारतसँग खेल्नेछ।

राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिमले फाईनल खेल्नेछ।डिसेम्बर ९ मा फाईनल खेलको मिति तय गरिएको छ।

सागको महिला फुटबलमा भारतले स्वर्ण जित्दै आएको छ । नेपाल सबै सहभागीतामा रजतमै सिमिति छ ।

 

प्रकाशित मिति: : 2019-11-22 14:25:16

प्रतिकृया दिनुहोस्