साथीको बहिनीलाई बलात्कार गरेका अखिलका नेता थुनामा

फाइल तस्बिर

युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई अदालतले थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले बिहिबार थुनामा पठाउन आदेश दिएको हो।

प्रहरीले गत असोज १२ गते काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर १८ वर्षीया युवतीमाथि बलात्कार गरेको पीडितको उजुरीपछि राईलाई नियन्त्रणमा लिइएको थियो।

याे पनि

सत्ताको धाक दिँदै अखिलका नेताले गरे युवतीमाथि बलात्कार

अदालतको आदेश अनुसार राईलाई थुनामा पठाइसकिएको छ। महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेशबहादुर सिंहले राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको बताए।

पीडित युवतीले राईले जवर्जस्ती मुखमैथुन गराएको प्रहरीमा बयान दिएकी छिन्। प्रहरीले नियन्त्रणमा लिएसँगै रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले राईलाई पदमुक्त गरिसकेको छ। प्रहरीले घटनास्थलबाट प्राप्त गरेको राईको विर्य समेत परिक्षण गरेको थियो।

अब राईले थुनामा नै बसेर मुद्धा लड्नु पर्ने छ। उनीमाथि लागेको आरोप पुष्टि भएमात्र १० वर्षभन्दा बढी कैद सजाय हुनेछ।

प्रकाशित मिति: : 2019-11-22 13:06:12

प्रतिकृया दिनुहोस्