उपत्यकामा बेलुका ८ बजेपछि मात्र टिपर चलाउन निर्देशन

फाइल तस्बिर

भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकामा बेलुका ८ बजेपछि मात्र टिपर चलाउन निर्देशन दिएको छ। काठमाडौं उपत्यका प्रवेश गर्न टिपरलाई बेलुका ८ बजेअघि पूर्ण रुपमा निषेध गरिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले टिपरलाई सडकमा पानी चुहाएर बालुवा ढुवानी गर्न र सडकमा पार्किङ गरी अन्य सवारी आवागमनमा अवरोध ल्याए कानूनअनुसार कारवाही हुने पनि उल्लेख गरेको छ।

लोड गरिएका टिपर अरु सवारीलाई बाधा पर्ने गरी सडकमा पार्किङ गर्न नपाउने र बालुवा ढुवानी गर्ने टिपर पानी नचुहिने भएपछि मात्र सडकमा चलाउन पाइने सुचनामा उल्लेख छ।

 

प्रकाशित मिति: : 2019-11-22 12:13:22

प्रतिकृया दिनुहोस्