फ्राइडे रिलिज: नेपाली चलचित्र ‘च च हुई’

फाइल तस्बिर

फ्राइडे रिलिज अन्र्तगत आजबाट नयाँ नेपाली चलचित्र ‘च च हुई’ रिलिज भएको छ।

चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर, साम्तेन भुटिया, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ।

डार्क कमेडी कथामा तयार भएको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्। चलचित्रले दुई साथीको कथालाई उठान गरेको छ।

चलचित्रको बिहानी शोको अवस्थामा भने औषत मात्र छ।

सुजन दाहालको लेखन, राजनराज शिवाकोटीको संगीत, शिशिर खत्रीको कोरियोग्राफी, किशोर नेपालको कला निर्देशन र सुसन प्रजापतीको छायाँकन फिल्ममा रहेको छ ।

 

 
 
प्रकाशित मिति: : 2019-11-22 11:29:43

प्रतिकृया दिनुहोस्