एट्लेटिको मड्रिडका स्टार डिएगो कोस्टा तीन महिना मैदान बाहिर

तस्बिरः एजेन्सी

एट्लेटिको मड्रिडका स्टार डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन्।

नाकको सल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको हो।

शल्यक्रियाका कारण उनले च्याम्पियन्स लिगको युभेन्ट्सविरुद्वको खेल गुमाउनेछन्। यस्तै लिगको बार्सिलोनाविरुद्वको खेलमा समेत उनी हुने छैनन्।

यस्तै उनले स्पेनिस सुपरकपको सेमिफाईनलमा बार्सिलोनाविरुद्वको खेल समेत गुमाउनेछन्।

स्पेनका अन्तराष्ट्रिय खेलाडी कोस्टा सन् २०१७ मा चेल्सीबाट एट्लेटिको फर्किएका थिए।

उनले साढे २ सिजन क्लबमा बिताउँदा ४१ खेलमा मात्र ७ गोल गरेका छन्।

प्रकाशित मिति: : 2019-11-22 06:45:42

प्रतिकृया दिनुहोस्