सन्दीप लामिछाने सम्मिलित टिम कर्नाटका टुसकेर्स पराजित,खेर गयाे २ विकेट

फाइल तस्बिर

युएईमा जारी टी १० क्रिकेट लिग अन्तर्गत सुपर लिगको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम कर्नाटका टुसकेर्स पराजित भएको छ।

आबुधाबीमा बिहिबार राति भएको खेलमा कर्नाटका क्वालान्दर्ससँग ३२ रनले पराजित भएको हो ।

शेख जायद स्टेडियममा क्वालान्दर्सले दिएको १ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

कर्नाटकाका रायन टेन डेस्काटेले २५ रन जोड्दा जोनसन चार्ल्सले २४ रन बनाए ।

क्वालान्दर्सका जर्ज गार्टन र सुल्तान अहमेदले २/२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ क्वालान्दर्सले १० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो।

क्वालान्दर्सका टम बान्टोनले ८० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै लाउरी इभान्सले १७ रन जोडे।

कर्नाटकाका सन्दीप लामिछाने र अहमेद राजाले समान २/२ विकेट लिए ।

प्रकाशित मिति: : 2019-11-21 21:42:31

प्रतिकृया दिनुहोस्