नेम्वाङको स्वागत र महासेठको बिदाइ एकैसाथ

तस्बिरः एजेन्सी

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार ग्रहण गरेका छन्।

नवनियुक्त मन्त्री वसन्तकुमार नेम्वाङले बिहिबार विहान सपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार ग्रहण गरेका हुन्। नवनियुक्त मन्त्री वसन्तकुमार नेम्वाङको स्वागत र निवर्तमान मन्त्री रघुवीर महासेठको बिदाइ एकैसाथ गरिएको हो।

मन्त्रालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै उहाँले पहिलो निर्णयका रुपमा केरुङ–काठमाडौँ रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चीनसँग वार्ता गर्न कदम चाल्ने विषयमा हस्ताक्षर गरेका छन्।

मन्त्री नेम्वाङले नागरिकको हैसियतले काठमाडौं उपत्यका र देशभरको सडक देखेको भन्दै पूर्वाधार विकासमा भइरहेको कामको गति पर्याप्त नभएको बताए। उनले सडक, रेल, पानीजहाज लगायतका पूर्वाधारका क्षेत्रमा काम गर्न प्रशासनिक, नीतिगत सुधार गरेर भएपनि कामलाई गति दिने बताए।

विदाईका क्रममा निवर्तमान मन्त्री महासेठले २० महिना काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिए। महासेठले आफू असफल मन्त्री नभै सफल मन्त्री भएर बिदाइ भएको दाबी समेत गरे।

प्रकाशित मिति: : 2019-11-21 16:32:02

प्रतिकृया दिनुहोस्