५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल शहर भएर बग्ने तिनाउ र दानव नदीमा धमाधम पक्की पुल बनिरहेका छन् । दुवै नदीमा केही पुल बनिसकेर सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन छन् । नदीमा लगभग किलोमिटरैपिच्छे पक्की पुल निर्माण भइरहेका छन् ।