राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन पर्यटनमन्त्रीको निर्देशन

फाइल तस्बिर

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका छन्।

बुधबार मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिए। उनले राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेका र सन्तोषजनक काम नगरेकालाई तत्काल वाटो खाली गर्न पनि आग्रह गरे।

'राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेर काम गरिरहेकाहरुले काम छाड्नु होला। नभए म आफैँ तपाइहरुलाई हटाउन सक्छु तर हटायो भनेर चाहिँ अदालत नजानु होला',उनले भने।

उनले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउन पनि निर्देशन दिएका छन्।

पर्यटनमन्त्री भट्टराईले कार्यालय प्रमुखहरुले प्रस्तुत गरेको कार्य प्रगती कामचलाउ मात्र भएको भन्दै ११ र १२ गतेको बैठकमा कामकाजी रिपोर्ट ल्याउन निर्देशन दिएका छन्।

प्रकाशित मिति: : 2019-11-20 14:26:20

प्रतिकृया दिनुहोस्