वीरगञ्जमा कांग्रेस नेता र सांसदबीच सार्वजनिक स्थलमै कुटाकुट

फाइल तस्बिर

नेपाली कांग्रेसका दुई नेताबीच वीरगञ्जको सार्वजनिक स्थलमै कुटाकुट भएको छ।

प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो। कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन्।

बुधवार बिहान ७ः४५ बजेतिर आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौज गर्दै आएका थिए। कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीले बताएका छन्। दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउन भेला भएकाहरुले छुट्याउने प्रयास गरेका थिए।

यता कांग्रेस नगर सभापति भोला कलवारले शर्माले आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको स्वीकार गरेका छन्।

कुटपिटका क्रममा नाकबाट रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन्। कुटपिटबाट घाइते भएका दुबै नेतालाई स्थानीयले उद्धार गरेर पठाएका छन्।

प्रकाशित मिति: : 2019-11-20 11:13:23

प्रतिकृया दिनुहोस्