मन्त्रिमण्डल हेरफेरको अन्तिम तयारी : बालुवाटारमा ओली–प्रचण्डको निर्णायक छलफल

फाइल तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार मध्यान्ह १२ बजेका लागि सचिवालय बैठक बोलाएको छ।

मन्त्रिमण्डलमा थपिने र बाहिरिने मन्त्रीहरुको टुङ्गो लगाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच कस–कसलाई मौजुदा मन्त्रिपरिषदबाट बिदा गर्ने र क–कसलाई भित्रयाउँने भन्ने विषयमा अन्तिम टुंगो लगाउने भन्नेमा निर्णायक छलफल हुनेछ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन्। उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन्। हटाउने र थप्ने मन्त्रीको नाम अन्तिम टुंगो सचिवालय बैठकले गर्ने स्रोतले जानकारी दिएको छ।

बुधबारै ओली र प्रचण्ड शीतलनिवास पुगेर मन्त्रिमण्डल पुनर्गठनबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनेछन्।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी ९हाल समाजवादी० का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए।

प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए।

प्रकाशित मिति: : 2019-11-20 10:55:16

प्रतिकृया दिनुहोस्