टोटनह्यामका प्रशिक्षक पोचेटिनो बर्खास्त,जोजे माउरिन्हो आउने सम्भावना

तस्बिरः एजेन्सी

इंग्लिस क्लब टोटनह्यामले प्रशिक्षक माउरिसिओ पोचेटिनोलाई बर्खास्त गरेको छ। प्रिमियर लिग क्लबमा ५ बर्ष बिताएका पोचिटिनालाई टोटेनहमले बर्खास्त गरेको हो।

२०१४ मा प्रशिक्षक बनेका उनले गत सिजन क्बललाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका थिए । तर यो सिजन प्रिमियर लिगमा खराब प्रदर्शन गरेको टोटनह्याम १४ औं स्थानमा छ।

४७ बर्षका प्रशिक्षकको विकल्पको रुपमा जोसे माउरिन्होलाई हेरिएको छ।

क्लबका अध्यक्ष ड्यानियल लेवीले भने, ‘हामी यस प्रकारको परिवर्तका लागि निकै अनिच्छुक छौ । यो त्यस्तो फैसला हैन कि जसलाई बोर्डले हल्का रुपमा लिएको छ। वा कुनै हतारोमा।’

पोचेटिनो र उनको कोचिङ स्टाफसँग निकै यादगार क्षणहरु रहेको चर्चा गर्दै लेवीले क्लबको हितलाई हेरेर यो निर्णय लिएको बताएका छन्।

पोचिटिनोलाई क्लबले सन् २०१४ मा अनुबन्धन गरेको थियो । उनकै नेतृत्वमा टोटेनहमले अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाईनल खेलेको थियो ।

मड्रिडमा भएको सो खेल टोटेनहमले लिभरपुलसंग गुमाएको थियो ।

साउथह्याम्टनका पुर्व प्रशिक्षक पोचिटिनाले टोटेनहमलाई लिग कपको फाइनल खेलाउनुका साथै पहिलो सिजनमै तेस्रो बनाएका थिए । त्यस्तै सन् २०१७ को सिजनमा उपविजेता समेत बनाएका थिए ।

तर क्लबको पछिल्लो प्रर्दशन निकै नाजुक थियो । टोेटनहम च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखको हातबाट घरेलु मैदानमा ७–२ ले हारेको थियो ।

अब टोटनह्यामको प्रशिक्षकमा जोजे माउरिन्हो आउने सम्भावना छ। म्याचेष्टर युनाइटेडबाट बर्खास्त भएपनि उनी क्लबबिहीन छन्।

प्रकाशित मिति: : 2019-11-20 08:37:44

प्रतिकृया दिनुहोस्